Rule 25
यात्रा अनुमतिपत्र जारी गर्न सक्ने
कुनै विदेशीको राहदानी हराई वा प्रयोग हुन नसक्ने गरी नोक्सान भई, म्याद समाप्त भई वा अन्य कुनै कारणवस नयाँ राहदानी प्राप्त गर्न नसक्ने अवस्थाका विदेशीलाई नेपाल बाहिर प्रस्थान गर्ने प्रयोजनका लागि विभागले यात्रा अनुमति पत्र जारी गर्न सक्नेछ । तर कूटनैतिक र औपचारिक राहदानी वाहकको हकमा त्यस्तो अनुमतिपत्र परराष्ट्र मन्त्रालयले जारी गर्नेछ ।